काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतले बोलेको शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएकाे छ ।
सभापति श्रेष्ठले बुधबार साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको संसदीय सुनुवाइका क्रममा यस्तो निर्देशन दिनुभएकाे हाे। सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूत सुनारमाथि आर्थिक तथा महिला हिंसाकाे बारेमा प्रश्न उठाएका थिए ।

त्यसको जवाफका क्रममा सुनारले बोलेको ‘ल्याङ हान्न आएको’ शब्द रेकर्डबाट हटाउन सभापति श्रेष्ठले निर्देशन दिनुभएकाे छ। प्रस्तावित राजदूत सुनारले जेन्टलमेन्ट एग्रिमेन्ट उल्लेख गर्दै ‘१३ वर्षपछि कामीको छोरालाई ल्याङ गर्न किन आइ ?’ भन्नुभएकाे थियाे।






