काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपद्पछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सघाउन एशियाली विकास बैंक (एडीबी) लाई आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री वाग्लेले थाइल्यान्डमा एडीबी अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा विपद्पछिको पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको हाे। भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपत्कालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री वाग्लेले एडीबीप्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।

साेही अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभएकाे छ।अर्थमन्त्री वाग्ले थाइल्यान्डको राजधानी बैंककमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएपएफ) को वार्षिक बैठकमा सहभागी हुन पुग्नुभएको हो।






