एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा निजी विद्यालयको छाना खस्दा ३४ जनाको ज्यान गएको छ।
बिहीबार ‘अल–खैर’ विद्यालयको छत खस्दा ३३ बालबालिका र एक शिक्षकको ज्यान गएको बीबीसीले जनाएको हाे। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमले अन्य १९ जना घाइते भएकाे बताउनुभयाे। जसमध्ये केहीको अवस्था गम्भीर छ।अस्पतालका अधिकारीहरूले ज्यान गुमाउने अधिकांश बालबालिका १३ वर्ष भन्दा कम उमेरका रहेका बताएका हुन् ।

पेशावर प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको हाे। यो विद्यालयका ‘शैक्षिक गुठी’ का रूपमा सञ्चालित हुँदै आएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुनख्वा प्रान्तका गभर्नर फसल करिम कुन्डीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न र घाइते बालबालिकाले सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयाे।
यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले साेही घटनाले देश नै स्तब्ध भएको बताउनुभएको छ।






