काठमाडाैं । आईएसएफ फुटबल वर्ल्ड कपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन जाँदैछ ।
प्रतियोगिता शनिबारदेखि आगामी कात्तिक ९ गतेसम्म संचालन हुने भएकाे हाे । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर रहेका छन् ।

टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी भएका हुन् । टोलीमा विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की तथा अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भुवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन् । प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने रहेका हुन् ।
त्यस्तै, बंगलादेशको ढाकामा हुने आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा सहभागी हुन नेपाली टोली भोलि त्यसतर्फ जाने भएको छ।आइतबारदेखि कात्तिक ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राईको कप्तानीमा उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना सहभागी हुने भएका हुन् ।
टोलीको प्रशिक्षकमा सुशील अधिकारी छन् । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आईएचएफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, यमन र अफगानिस्तानको सहभागिता रहने भएकाे हाे।






