काठमाडाैं। नेपाल आयल निगमले बडाशैंको सार्वजनिक बिदाका दिनमा पनि पेट्रोल पम्प खुला रहने जनाएको छ।
निगमले काठमाडाैं उपत्यकासहित देशका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालित डिपो तथा पम्प आलोपालो खुला गरिने जानकारी दिएकाे हाे। दशैंको टीकाको दिन र एकादशीका दिन बाहेक अरू सबै दिन डिपोहरू खुला रहने भएका छन् ।

काठमाडाैंको थानकोटमा रहेको निगमको पेट्रोलियम डिपो कात्तिक १, २, ६ र ७ गते खुला रहने निगमले जनाएको हाे। त्यसैगरी, कोशी प्रदेशको विराटनगर डिपो कात्तिक २, ६ र ८ गते खुला रहने भएकाे छ । मधेश प्रदेशको अमलेखगन्ज पेट्रोलियम डिपो १, २, ६ र ८ गते खुला रहने निगमले जनाएकाे हाे।
गण्डकी प्रदेशको पोखरामा कात्तिक १, २ र ६ गते, लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते तथा कर्णाली प्रदेशको सुर्खेत डिपो कात्तिक २ र ७ गते खुला रहने निगमले जानकारी दिएकाे छ। त्यसैगरी, सुदूरपश्चिम डिपो कात्तिक २ र ७ मा खुला रहने भएको हाे ।






