• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

“विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔं”: प्रधानमन्त्री शाह

"आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गरी सभ्य र भव्य रूपमा बडादशैं मनाउन सबैमा आह्वान "
  •  प्रेस बोली
  • २०८३ आश्विन ३१, शनिबार ११:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बडादशैंकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी-दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएकाे छ।

    प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्राकृतिक विपद्को पीडा, युवाहरू विदेशिनुपर्ने बाध्यता, आर्थिक अवस्था र सुशासनको विषयमा समेत चर्चा गर्नुभएकाे हाे। विगतका भूकम्प, महामारी तथा आन्दोलनपछिका असहज परिस्थितिको स्मरण गर्दै उहाँले यस वर्षको विपद्प्रति गहिरो दुःख व्यक्त गर्नुभयाे।

    उहाँले भन्नुभयाे,- ‘यो वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दशैं आइपुगेको छ । ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनातर्फ काम गरिरहेको छ ।’

    प्रधानमन्त्री शाहले दशैंलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको पर्वका रूपमा व्याख्या गर्नुभयाे। उहाँले भन्नुभयाे,-‘विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादशैंले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् । आर्थिक गतिविधिका हिसाबले समेत बडादशैं नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ ।’ रोजगारीका लागि युवाहरू विदेशिनुपरेको तीतो यथार्थलाई औंल्याउँदै प्रधानमन्त्री शाहले चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घर-आँगनहरूमा निरस देखिँदै गएको बताउनुभयाे ।

    उहाँले भन्नुभयाे,- ‘पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको छ। चाडपर्वमा घर फर्कने चाहना हुँदाहुँदै परदेशमा रित्तो निधार लिएर बस्न बाध्य लाखौँ नेपालीहरूको नियति बदल्न हामी सबैको हातेमालो आवश्यक छ । सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ ।’

    प्रधानमन्त्री शाहले दशैं कसैका लागि पनि आर्थिक बोझ बन्न नहुने र नागरिकको आर्थिक सम्पन्नता र मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार अहोरात्र खटिरहेको बताउनुभयाे। आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गरी सभ्य र भव्य रूपमा दशैं मनाउन पनि उहाँले सबैमा आह्वान गर्नुभएकाे छ।

     

    Post Views: 16
    • प्रधानमन्त्री शाह
    प्रकाशित मिति: २०८३ आश्विन ३१, शनिबार ११:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.