काठमाडाैं। पर्साको वीरगञ्ज क्षेत्रमा मुख्य सडक विस्तार कार्य हुने भएको छ।
सडक डिभिजन कार्यालयले मकवानपुरको हेटौँडामा रहेको वीरगञ्जको मुख्य सडक विस्तार गर्ने भएको हो। पहिलो चरणमा त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको मितेरी पुलबाट गण्डक चोकसम्मको ८ किलोमिटर सडक विस्तारका गर्न कार्यालयले बोलपत्र आह्वान गरेको छ।

मितेरी पुलबाट घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको हो । कार्यालयले इदगाह चोकबाट पावर हाउससम्म चार लेन सडक बनाइने जनाएकाे छ।
सडकको दुवै किनारमा साइकल लेन र फुटपाथ पनि निर्माण हुने भएकाे हाे।






