काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित पार्टी सभापति गगन थापाको पद तथा गाेपनीयताकाे शपथ ग्रहण तथा पदबहाली शनिबार हुँदैछ।
बडादशैंको सातौं दिन शनिबार (फूलपाती) काे अवसर पारेर दिउँसाे २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिने भएकाे हाे । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार १५औं महाधिवेशनको मतगणना कार्य सम्पन्न भएसँगै नवनिर्वाचित सभापतिको पदबहाली कार्यक्रम तय गरिएको छ।








