काठमाडाैं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रमकाे आयोजना नगर्ने भएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराउनुभएकाे हाे। देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको उहाँले बताउनुभयाे।

वीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान कार्यक्रमलाई कांग्रेसले विशेष परिस्थिति बाहेक प्रत्येक वर्ष आयोजना गर्दै आएको थियो ।







