काठमाडाैं । बडादशैं मनाउन काठमाडाैं उपत्यकाबाट अहिलेसम्म करिब ५ लाख यात्रु बाहिरिएका छन् ।
घटस्थापनादेखि शनिबारसम्म सार्वजनिक गाडीमार्फत ४ लाख ९६ हजार ३ सय २३ जना यात्रु बाहिरिएका हुन् । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी रहेकाे जनाएकाे छ।

शुक्रबार र शनिबारकाे तुलनामा आइतबार बाहिरिने यात्रुको सङ्ख्या घटेको हाे । गोङ्गबुमा रहेको नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ । दशैं मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका हुन् ।
दशैं मनाउन यस वर्ष करिब १० लाख यात्रु बाहिरिने अनुमान गरिएकाे छ ।






