एजेन्सी । भारतमा हिन्दी चलचित्रका चर्चित अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको छ।
भारतीय सञ्चारमाध्यमहरूले आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्राफको गाडीमाथि आक्रमण गरेकाे जनाएका हुन्। घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको छ।

भारतीय समाचार संस्था एएनआईले प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा अभिनेता श्राफ सुरक्षित रहेको जनाएकाे हाे। तर उनका गाडी चालकसहित दुई जना भने घाइते भएका छन्। घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले १५ वटा टोली गठन गरिएकाे छ।
प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। टाइगर श्राफ चर्चित अभिनेता ज्याकी श्राफका छोरा हुन्।






