• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

फ्रान्सका राष्ट्रपति म्याक्रोंनद्वारा राष्ट्रका नाममा सम्बोधन: शान्ति र सुव्यवस्था कायम गर्न आह्वान

"हिंसात्मक गतिविधि नगर्न प्रदर्शनकारीलाई आग्रह "
  •  प्रेस बोली
  • २०८३ कार्तिक २, सोमबार ८:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले विभिन्न शहरमा विरोध प्रदर्शनका क्रममा दङ्गा, तोडफोड र लुटपाट भएपछि देशमा शान्ति र सुव्यवस्था कायम गर्न आह्वान गर्नुभएको छ ।

    राष्ट्रपति म्याक्रोंनले एलिसी दरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै हिंसात्मक गतिविधि नगर्न प्रदर्शनकारीलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको हाे । उहाँले नागरिकको आक्रोश र असन्तुष्टिलाई बुझ्नुपर्ने बताउँदै शान्तिपूर्ण विरोध र तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिबीच फरक छुट्याउनु पर्नेमा जोड दिनुभएको छ ।

    राष्ट्रपति म्याक्रोंनले हिंसालाई कुनै पनि अवस्थामा उचित ठहराउन नसकिने बताउँदै तोडफोड र लुटपाटमा संलग्न व्यक्तिले कानूनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिनुभयाे । फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ हजार चार सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

    प्रदर्शनका क्रममा कालो कपडा र अनुहार छोप्ने मास्क लगाएका केही समूहले गाडी तथा भवनमा आगजनी गरेका थिए । विभिन्न पसलमा लुटपाटसमेत भएको थियो । गत शनिबार भएको विरोध प्रदर्शनका क्रममा राजधानी पेरिससहित मार्सेली र अन्य शहरमा हिंसात्मक घटना भएका थिए ।

    आइतबार पनि पेरिसका केही क्षेत्र अशान्त थिए । इन्धनको मूल्य वृद्धि, जीवनयापनको बढ्दो खर्च तथा विद्यालय लगायत सार्वजनिक सेवाको अवस्था कमजोर भएको भन्दै फ्रान्सभर करिब ५ लाख ५० हजार मानिसले प्रदर्शन गरेका हुन् ।

    शुरुमा शान्तिपूर्ण रूपमा भएको प्रदर्शनका क्रममा पछि केही ठाउँमा हिंसात्मक घटना भएका थिए ।

    Post Views: 16
    • राष्ट्रका नाममा सम्बोधन
    प्रकाशित मिति: २०८३ कार्तिक २, सोमबार ८:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.