• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

लुम्बिनी कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्तिप्रति जेनजी अभियानकाे विराेध (विज्ञप्तिसहित)

"सरकारले डोल्माको नियुक्ति बदर नगरे कर्तिक ९ गतेदेखि आन्दोलन गर्ने घाेषणा  "
  •  प्रेस बोली
  • २०८३ कार्तिक २, सोमबार २१:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैं । राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्त तत्काल खारेज गर्न माग गरेको छ ।

    अभियानले राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी छोइङ डोल्मा तिब्बतीयन शरणार्थीलाई लुम्बिनीको जिम्मा दिनु राष्ट्रघाती कदम भएको समेत जनाएको हाे । अभियानका संयोजक सुनिल सिंहले सरकारले कोषको उपाध्यक्षमा नियुक्ति दिने विषयले देशभक्त नेपाली नागरिकहरुको अपमान भएको जिकिर गर्नुभयाे ।

    प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा बुद्धको उपदेश दिएर हौसला बढाए पनि लुम्बिनीमा तिब्बतीयन शरणार्थीलाई मुख्य जिम्मा दिने विषयले उहाँको द्वैध चिरत्र उदाङ्गो भएको बताउनुभएकाे छ। अभियानले दशैंको मुखमा जनतालाई छलेर गरिएको नियुक्ति खारेज नगरे यहि कार्तिक ९ गतेबाट संघर्ष गर्ने घोषणा गरेकाे हाे ।

    संयोजक सिंहले भन्नुभयाे,- छोइङ स्वयमले आफू तिब्बती शरणार्थी भएको स्वीकार गरेकोे, सोही अनुसार उहाँ नक्कली नागरिकताधारीलाई लुम्बिनीको जिम्मा लगाउने विषय बालेन सरकारको राष्ट्रघाती कदम भएको हाे ।  अभियानका प्रवक्ता विर्जन बिकले छोइङ डोल्माको नियुक्ति विदेशी योजनामा भएको र त्यसलाई देशभक्तहरुलाई स्वीकार्य नहुने बताउनुभएकाे छ। ‘बारबराको भूमिकामा डोल्मालाई सरकारले स्थापित गर्न खोजिरहेको आरोप समेत लगाउनुभयाे ।

    उहाँले डोल्माको नियुक्तिलाई नेपाली भूमि चीनविरुद्धको गतिविधि गर्ने अखडा बनाउने पछिल्लो कडीका रुपमा रहेको दावी गर्नुभउकाे छ। जेनजी अभियन्ता सफलता बोगटीले विषय विज्ञ, स्वच्छ र लुम्बिनीको स्थानीयलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्नेमा त्यसको ठिक उल्टो भएको आरोप लगाउनुभयाे ।

    जेनजी रमेश रावतले डोल्माको नियुक्ति कुनियतका साथ भएको आरोप लगाउनुभएकाे छ। ‘तिब्बतबाट भागेका भगौडाहरुले देश कब्जा गर्ने योजनास्वरुप शरणार्थीलाई लुम्बिनीको चाबी बुझाएकाे उहाँकाे दावी थियाे । जेनजी सुशील बुढाथोकीले वर्तमान सरकारका एकपछि अर्को गर्दै जनविरोधी र राष्ट्रघाती निणर्यले नयाँ विद्रोहको जन्म गराउने खतरा रहेको बताएउनुभएकाे छ।

    उहाँले प्रधानमन्त्री शाहलाई प्रयोग गर्दै सन्दुक रुइत र सुदन गुरुङको इसारामा तिब्बती षड्यन्त्र नेपालमा स्थापित गराइरहेको आरोप लगाउनुभयाे । जेनजी सुनील विकले छोइङ डोल्मा आफैंले ‘फूलको आँखामा’ भन्ने पुस्तकमा तिब्बती शरणार्थी स्वीकारेको भन्दै त्यस्ता नक्कली नागरिकताधारीलाई योत्रो महत्वपूर्ण जिम्मेवारी किन दिइयो भन्दै प्रश्न गर्नुभएकाे छ।

    अभियन्ता दिनेश सुवेदीले आनीलाई मात्रै नभएर धेरैजस्तो उच्च ओहोदाका पदहरुलाई खरिद बिक्रीको साधन बनाएको आरोप लगाउँदै, सरकारले सुशासन, पारदर्शिता र जवाफदेहीताको धज्जी उडाएको बताउनुभयाे। साथै जेनजी अमृत बोहराले सरकारले राष्ट्रियता सर्वभौमसत्तामाथि चरणबद्ध रुपमा प्रहार गरिरहेको र समयमै सरकार सचिन आग्रह समेत गर्नुभएकाे छ ।

    1-1792402542.jpeg

     

    Post Views: 12
    • छोइङको नियुक्तिप्रति
    • विराेध
    प्रकाशित मिति: २०८३ कार्तिक २, सोमबार २१:१३
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.