काठमाडाैं । बाढीका कारण सडक सम्पर्क विच्छेद भएकाे गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री ढुवानी गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको हाे । दशैंकाे समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताउनुभयो । बाढीमा सडक र पुल लगायत भौतिक पूर्वाधार बगेपछि आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ ।
प्राधिकरणले प्रभावित नागरिकको उद्धार र राहतमा ड्रोनको अधिकतम उपयोग गरेको जनाएकाे हाे।






