काठमाडाैं । नेपालका सरकारी वेबसाइट अस्थायी रुपमा बन्द भएका छन् ।
बिहीबार सरकारी वेबसाइट खुल्न नसकेकाे हाे । नेपालका डट जीओभी डट एनपी वेबसाइट नखुलेका हुन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय र मौसमका निकायसहित पालिकाका वेबसाइटहरु खुलेका छैनन् ।

इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा (पीएचपी) मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि सरकारी वेबसाइट प्रभावित भएका हुन् । साइबर सुरक्षा निकायले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेकाे छ।
यसअघि कमजोरी समाधान गर्न सुरक्षा अपडेट जारी गरिएको थियो। तर, समयमै अपडेट गर्न नसकेका संस्थालाई आफ्नो वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो । साइबर सुरक्षा कम्पनी विजले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेको अहिलेसम्मकै सबै भन्दा गम्भीर कमजोरीमध्येका रूपमा जनाएको छ ।






