काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश ठाउँमा मौसम सफा रहने जनाएकाे छ।
बिहीबार बिहान कोशी र गण्डकीका हिमाली तथा पहाडी एकरदुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको हाे । अन्य केही ठाउँमा आंशिक बादल लागेकाे छ । काठमाडाैं उपत्यकामा न्यूनतम तापक्रम बिहीबार केही घटेकोसँगै चिसो पाि बढेको हाे।

महाशाखाले बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकाे जनाएकाे छ। बुधबार बडादशैंको टीकाको मुख्य दिन उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव २ डिग्री सेल्सियस रहेको थियो । उपत्यकामा बिहान र रातको समयमा चिसो हुन थालेको छ ।
दिउँसो भने अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीचमा रहने गरेको हाे। दिनको समयमा घाम लागे पनि बिहान र राति तापक्रम घट्दा चिसो महसुस हुन थालेको छ।
महाशाखाले मौसम फेरबदल र अब चिसो बढ्दै जाने भएकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दिर्घरोगीलाई चिसोबाट जोगिन अनुराेध गरेकाे हाे ।






