• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

बडादशैंकाे तेस्रो दिनः आज पनि मान्यजनकाे हातबाट आशीर्वाद लिने क्रम जारी

  •  प्रेस बोली
  • २०८३ कार्तिक ६, शुक्रबार ७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । आश्विन शुक्ल एकादशी अर्थात बडादशैंको तेस्रो दिन शुक्रबार पनि नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ।

    विजया दशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि शुक्रबार पनि दशैंको टीका लगाउने क्रम जारी रहेकाे हाे ।आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।

    दशैंको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ।

    हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ । वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइन्छ । यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा आराधना गर्ने धार्मिक मान्यता छ ।

    धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार यस एकादशीको व्रत र भगवान् विष्णुको उपासनाले पापबाट मुक्ति प्राप्त हुने विश्वास गरिन्छ । यस दिन व्रत बस्ने, फलाहार गर्ने, पूजा–पाठ गर्ने तथा एकादशी महात्म्यको कथा श्रवण गर्ने प्रचलन रहेकाे हाे ।

    ९ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।

    Post Views: 23
    • बडादशैंकाे तेस्रो दिनः
    प्रकाशित मिति: २०८३ कार्तिक ६, शुक्रबार ७:२१
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.