काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
फ्राइडे रिलिज अन्तर्गत चलचित्र शुक्रबारदेखि हलमा प्रदर्शन भएको हो । चलचित्रले ठूलो संख्यामा शो पाएको छ । कतिपय शो अग्रिम बुकिङमै हाउसफूल भएको देखिएको हाे । ‘कबड्डी’ का अघिल्ला चार वटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि पहिलो दिन ठूलो परिमाणमा कलेक्सन गर्ने यसको बुकिङले देखाएको छ ।

६० भन्दा बढी शो रिलिजको अघिल्लो दिन नै हाउसफूल भएको यसका कलाकारहरूले स्क्रिनसट सामाजिक सञ्जालहरूमा पोस्ट गरिरहेका हुन् । चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देल लगायतको अभिनय रहेकाे छ ।
रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी रहेकाे हाे। सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेकाे हाे ।
चलचित्रको कथा पनि निर्देशक रामबाबु गुरुङले नै लेखेका छन् ।






