काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले बिहीबार ३ दिने भ्रमणका लागि भारत जानुभएकाे छ।
अर्थमन्त्री वाग्ले बिहीबार भारत पुग्नुभएकाे हाे । उहाँको यो दोस्रो भारत भ्रमण हो । अर्थमन्त्री वाग्ले गत महिना पनि भारत जानुभएकाे थियाे ।भारतीय टेलिभिजन च्यानल एनडीटीभीको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि र वक्ताका रूपमा सम्बोधन गर्न उहाँ भारत पुग्नु भएकाे छ।

“निकटताबाट समृद्धिः भारत-नेपाल अवसर” शीर्षकको अन्तरक्रियामा अर्थमन्त्री वाग्ले सहभागी हुनुहुने भएकाे हाे। अर्थमन्त्री वाग्ले शनिबार नेपाल फर्कने कार्यतालिका रहेकाे छ।






