काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार भारततर्फ प्रस्थान गर्नुभएकाे छ।
सभापति लामिछाने ३ दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेको उहाँको निजी सचिवालयले जनाएको हाे ।

सभापति लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजा अर्चना गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएकाे छ ।






