काठमाडौं । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७ म्याग्निच्यूडको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार राति एका प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र चीन सरकारप्रति समवेदना प्रकट गरेको हाे। चीनमा बिहीबार राति गएको भूकम्पमा परी १६ जनाको मृत्यु , दर्जनौं घाइते भएको, सम्पत्ति र पूर्वाधारमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ।

नेपालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपदबाट प्रभावित परिवार तथा समुदायको उद्धार, पुनःस्थापना र पुनर्निर्माण कार्य छिटो अघि बढ्ने विश्वास व्यक्त गरेको हाे। साथै, नेपाल सरकारले यस कठिन समयमा चीनप्रति ऐक्यबद्धता समेत जनाएको छ।






