• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

८० वर्षीय लुइज सिल्भा चौथो कार्यकालका लागि फेरि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

  •  प्रेस बोली
  • २०८३ कार्तिक ९, सोमबार ८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि फेरि निर्वाचित हुनु भएको छ।

    सिल्भाले कडा प्रतिस्पर्धाबीच दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोलाई पराजित गर्नुभएको हाे। बीबीसीले ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदानकाे मतगणना सम्पन्न हुँदा लुलाले ५१ दशमलव ७६ प्रतिशत मत प्राप्त गर्नुभएको जनाएको छ । उहाँका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८ दशमलव २४ प्रतिशत मत प्राप्त गर्नुभएको हाे।

    चुनावमा पहिलो चरणमा बोल्सोनारोले अग्रता लिएपछि लुलाको जित कठिन हुने आंकलन गरिएको थियो । तर, दोस्रो चरणमा मतदाताको समर्थन जुटाउँदै लुलाले परिणाम उल्ट्याउन सफल हुनुभएको हो । सन् १९८८ मा ब्राजिलमा लोकतन्त्र पुनः स्थापित भएयता पहिलो चरणमा पछि परेको उम्मेदवारले दोस्रो चरणमा जित हासिल गरेको यो पहिलो घटना भएको उल्लेख गरिएकाे छ ।

    ८० वर्षीय लुलाले यसअघि सन् २००३ देखि २०१० सम्म ७ वर्ष दुई कार्यकाल र सन् २०२३ देखि अहिलेसम्म ३ वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । लुलाको जितपछि समर्थकहरूले उत्सव मनाएका छन् । कतिपय समर्थक खुशीले रोएका समेत छन् । सडकमा आतसबाजी र गीत संगीतसहित विजय उत्सव चलिरहेकाे हाे। राजधानी फ्लाभियो बोल्सोनारोका समर्थकहरू निराश हुँदै मतगणना स्थलबाट बाहिरिएको बीबीसीले जनाएको छ ।

    मतगणनाका क्रममा प्रतिस्पर्धा निकै कडा देखिए पनि अन्ततः लुलाले झिनो मतान्तरले जित हासिल गर्नुभयो । लुलाको यो जितलाई ब्राजिलको राजनीतिमा उहाँको पुनरागमनका रूपमा हेरिएको छ । साथै, ल्याटिन अमेरिकाका केही देशमा दक्षिणपन्थी नेतृत्व बलियो भइरहेकाे समयमा लुलाको जितले क्षेत्रीय राजनीतिक प्रवृत्तिकाे बारेमा पनि नयाँ बहस सिर्जना गरेको हाे ।

    Post Views: 18
    • राष्ट्रपतिमा निर्वाचित
    प्रकाशित मिति: २०८३ कार्तिक ९, सोमबार ८:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.