काठमाडौं । राजधानीमा जारी तेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान बुधबार भएकाे खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेकाे हाे। जितका लागि पाएकाे १ सय ४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरेका छन्।

ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडेका हुन । यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी गरेका छन्। पाेखराका धनन्जय लक्षन,सकिब अल हसन र मेहदि हसनले १/१ विकेट हात पारेका थिए।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रन बनाएकाे थियाे। जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनकाे याेगदान गरेका छन्।
सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिएका थिए।






