काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएकाे छ।
उहाँले शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताउनुभएकाे हाे।पक्राउ परेका सबै पत्रकार रिहा भएको समेत जानकारी गराउनुभयाे।

सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयाे,- ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’







