काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शनिबार बस्दैछ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले बैठक शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्न लागेको जानकारी दिनुभएकाे हाे।

रास्वपाका प्रवक्ता खरेलले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको बताउनुभएकाे छ।






