काठमाडाैं । राजधानीमा जारी तेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पनि दुई वटा खेल हुँदैछन् ।
कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मंगलबार मध्याह्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । अहिलेसम्म तीन वटा खेल खेलेको विराटनगरले एक जित र दुईमा हार बेहोरेको छ ।

त्यस्तै, समान तीन खेलमा जनकपुरले दुईमा जित र एकमा हार बेहोरेको हाे । साथै मंगलबारको दोस्रो खेल साविक उपाधि विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच कडा प्रतिस्पर्धा हुने भएकाे छ। साेही खेल मंगलबार साँझ ५ बजेदेखि शुरु हुने भएकाे हाे ।
लुम्बिनीले यसअघि दुई खेलमा एक जितेको छ । उसले उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिमलाई हराएको थियो। चितवनसँग वर्षाका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको हाे। पोखराले यसअघि आफ्ना दुवै खेल हारेको छ ।
एनपीएल अन्तर्गत साेमबार भएका दुई खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडाैं गोर्खाज विजयी भएका छन् । ८ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आगामी मंसिर ५ गतेसम्म संचालन हुने भएकाे हाे।






