काठमाडाैं । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम मंगलबारदेखि बुधबारसम्म सञ्चालन हुने भएको छ ।
नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम २ हप्ता पर धकेलिएको हो । विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको थियाे। तर यस वर्ष दशैंको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गर्न लागिएको हो ।

सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। जस अन्तर्गत दोस्रो चरणको औषधि वितरण भने वैशाख ६ र ७ गते हुने गरेको हाे । ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ’ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिन्छ ।
Post Views: 24






