• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि नीतिगत-प्राविधिक सहयोग गर्ने मन्त्री चौधरीकाे प्रतिबद्धता

  •  प्रेस बोली
  • २०८३ कार्तिक १७, मंगलवार १३:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताउनुभएकाे छ।

    भृकुटीमण्डपमा मंगलबार आयोजित पुष्प मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नर्सरी व्यवसायको विकासका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभएकाे हाे। गुणस्तरीय नर्सरी स्थापनामा सहयोग तथा अनुदान, फलफूलका बिरुवा वितरणलगायतका कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयाे।

    मन्त्री चौधरीले नर्सरी व्यवसायमा महिलाको सहभागिता बढ्दै गएकोमा खुशी व्यक्त गर्दै रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको प्रवद्र्धनमा जोड दिन व्यवसायीलाई आग्रह गर्नुभएकाे छ। मन्त्री चौधरीले नर्सरी व्यवसायीले जग्गा प्राप्तिमा भोग्दै आएको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको जानकारी दिनुभयाे। यसबाट व्यवसायीलाई आवश्यक जग्गा उपलब्ध गराउने समस्या समाधानमा सहयोग पुग्ने उहाँको विश्वास छ।

    त्यसैगरी, नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले पुष्प तथा नर्सरी व्यवसायको विस्तारका लागि सरकारी खाली जग्गाको उपयोग, सहरी क्षेत्रमा नर्सरी बजार स्थापना र सातै प्रदेशमा मेला तथा प्रदर्शनी आयोजना गर्नुपर्ने माग राख्नुभयाे। उहाँले सरकारी स्वामित्वमा लामो समयदेखि खाली रहेका जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी फूल, फलफूल तथा जडीबुटीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने बताउनुभयाे। नर्सरी व्यवसायीले गुणस्तरीय बिरुवा उत्पादन गर्ने र त्यसका आधारमा व्यावसायिक खेती सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरिएको बताउनुभएकाे छ।

    अध्यक्ष तिमिल्सिनाले तिहारका समयमा सयपत्री फूलको आयात हुने अवस्थालाई अन्त्य गरी स्वदेशमै उत्पादन बढाउन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयाे । सयपत्री फूलमा आत्मनिर्भर बन्नसके आयात रोक्न सकिने उहाँको भनाइ छ। त्यस्तै, सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्न पहल गर्नुपर्ने र सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्नुपर्ने माग पनि संघले मन्त्री समक्ष राखेको उहाँले बताउनुभयाे।

    अध्यक्ष तिमिल्सिनाले जडीबुटी तथा फलफूलको व्यावसायिक खेती विस्तारका लागि पनि सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउनुभएकाे छ। उहाँले भौगोलिक अवस्था र सम्भावनाका आधारमा खाली जग्गामा फूल, फलफूल तथा जडीबुटी खेती गर्न सकिने उल्लेख गर्नुभयाे। उहाँले उत्पादित वस्तुको बजार सुनिश्चित गर्न जडीबुटी प्रशोधन केन्द्र तथा सम्बन्धित संघ-संस्थासँग सहकार्यको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ।

    संघले फलफूलको व्यावसायिक खेती विस्तार गरी गुणस्तरीय बिरुवाको उत्पादन र बजार व्यवस्थापनमा जोड दिनुपर्ने माग समेत राखेको जनाएकाे हाे । व्यवसायीका मागकाे बारेमा मन्त्री चाैधरीसँग थप छलफल गरी कार्यक्रमको खाका तयार गर्ने तयारी रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभएकाे छ। साेही मेला ४ दिनसम्म संचालन हुने भएकाे हाे।

    Post Views: 18
    प्रकाशित मिति: २०८३ कार्तिक १७, मंगलवार १३:५०
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.