काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएकाे छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेको हाे। नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा यसपटक पुरानो अभ्यास समेत परिवर्तन भएको छ।

यसअघि नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहँदै आएको थियो । तर, यसपटक गृहमन्त्री गुरुङ आफैंले नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न लगाइदिनुभएकाे छ।

साेही कार्यक्रममा निवर्तमान आईजीपी कार्की भने अनुपस्थित थिए । यसैबीच, सरकारले निवर्तमान आईजीपी कार्कीलाई प्रधानमन्त्री शाहको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।