• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

वर्षौंदेखि सम्झौता विपरीत विभिन्न निकायले अतिक्रमण गरिएका त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

  •  प्रेस बोली
  • २०८३ कार्तिक १९, बिहीबार ७:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र आफ्नो नाममा रहेर लामो समयदेखि विभिन्न निकाय, संघ-संस्था तथा व्यक्तिले ‌ओगटेका ७ सय ५ रोपनी भन्दा बढी जग्गा फिर्ता ल्याएको छ ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले वर्षौंदेखि सम्झौता विपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको जनाएकाे हाे। मन्त्रालयको प्रत्यक्ष निर्देशन, समन्वय र सक्रियतामा त्रिविले अतिक्रमित जग्गा खाली गराउन ३५ दिने सार्वजनिक अल्टिमेटम जारी गरेको र ६ महिनाभित्रै यो उपलब्धि सम्भव भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार, त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन र आन्तरिक अभिलेखलाई मुख्य आधार बनाएर सञ्चालन गरिएको जग्गा फिर्ती अभियानका क्रममा काठमाडौं उपत्यकाभित्र नियन्त्रणमा रहेका जग्गाको लगत संकलन गरिएको थियो । ३५ दिने समयसीमाभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका संरचना खाली गराउने र सम्झौता नवीकरण नभएका क्षेत्रहरूलाई विश्वविद्यालयको प्रत्यक्ष स्वामित्वमा ल्याउने काम तीव्रताका साथ अगाडि बढाइएको थियो ।

    शिक्षामन्त्री पोखरेलले फिर्ता आएका जग्गालाई विश्वविद्यालयको गुरुयोजना अनुसार अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालय र शैक्षिक पूर्वाधार निर्माणमा उपयोग गर्ने तयारी त्रिविले गरेको बताउनुभयाे । फिर्ता आउन बाँकी रहेको जग्गाका लागि पनि काम भइरहेको उहाँले बताउनुभएकाे छ।

    हालसम्म काठमाडौं उपत्यकाभित्र मात्र त्रिविको ७ सय ५ रोपनी जग्गा फिर्ता भएको हाे। शिक्षामन्त्री पोखरेलले उपत्यका बाहिरको हकमा पनि काम भइरहेको बताउनुभयाे।

     

    Post Views: 14
    प्रकाशित मिति: २०८३ कार्तिक १९, बिहीबार ७:०९
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.