काठमाडौं । नेपाल प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की बिहीबार रिट लिएर सर्वोच्च अदालतमा जानुहुने भएकाे छ।
आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले सर्वोच्च जाने विषयमा बुधबारै कानून व्यवसायीसँग परमामर्श गर्नुभएकाे हाे । उहाँनिकट एक कानून व्यवसायीले बुधबार समय अभावमा रिट दर्ता गर्न असम्भव भएका कारण बिहीबार कार्कीकाे सर्वोच्च जाने तयारी रहेकाे बताएका छन् ।

मन्त्रिपरिषद्को बुधबार बसेकाे बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गरेपछि कानूनी प्रश्न उठाउँदै रिट दिने तयारी भएको हो । सरकारले कार्कीलाई पदमुक्त गर्दै एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।






