काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा कुनै पनि आर्थिक लेनदेन नरहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत बिहीबार एक भिडियो सन्देश जारी गर्दै सापति थापाले यस्ताे बताउनुभएकाे हाे। पार्टीको आधिकारिकताको राजनीतिक, कानूनी लडाइँमा एक सुकाको पनि लेनदेन नभएकाे दावी गर्नुभयाे । इनम सापकोटाले भनेको भरमा जवाफ दिइरहन जरुरी नभए पनि केही कुरा प्रस्ट पार्न आवश्यक रहेको भन्दै सभापति थापाले राम्रो अनुसन्धान होस् र अनुसन्धनले घटना के हो प्रस्ट हुने बताउनुभएको छ ।

प्रहरी हिरासतमा रहेका सापकोटाको भनेर एउटा अडियाे सार्वजनिक भएको थियो । त्यस अडियोमा सभापति थापाले पार्टी आधिकारिकताका बारेमा बार्गेनिङ गरेको उल्लेख गरिएकाे छ । विशेष महाधिवेशन पार्टीका भुइँ तहका कार्यकर्ताहरूले गरेको विद्रोह भएकाे बताउँदै सभापति थापाले विद्रोह गर्नेले परिणाम के होला भनेर चिन्ता लिन्छ भन्दै प्रश्न समेत गर्नुभयाे।






