• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

सरकार केन्द्रित व्यक्तिद्वारा कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भएको सहमहामन्त्री साइलीकाे निष्कर्ष

  •  प्रेस बोली
  • २०८३ कार्तिक २०, शुक्रबार ६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध दुष्प्रचार तथा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसको निष्पक्ष छानबिनका लागि कांग्रेस तयार रहेको निष्कर्ष निकालेको छ ।

    पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकपछि बिहीबार सहमहामन्त्री प्रकाश रसाइलीले उक्त निष्कर्ष निकालेको जानकारी दिनुभएकाे हाे।  उहाँले भन्नुभयाे, -‘सरकार केन्द्रित केही व्यक्तिहरू संलग्न भएर नेपाली कांग्रेस पार्टीका विषयमा दुष्प्रचार गर्ने, पार्टी नेतृत्वका बारेमा खराब प्रचार गर्ने र नेपाली कांग्रेस पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भएको छ । जस्तोसुकै छानबिनका लागि पनि नेपाली कांग्रेस पार्टी तयार छौं, हाम्रो नेतृत्व तयार छ । तर प्रमाणका आधारमा हुनुपर्छ । बिना प्रमाण पूर्वाग्रही ढंगले गरिने कुरालाई हामी स्वीकार गर्दैनौँ ।’

    सहमहामन्त्री साइलीले छानबिन प्रतिशोधपूर्ण भए कांग्रेसले प्रतिकार र प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयाे । सत्यतथ्य र प्रमाणका आधारमा प्रक्रिया अघि बढेमा छानबिनमा सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभएकाे छ। उहाँले यस विषयमा संसद र संसदीय समितिमा पनि छलफल हुनुपर्ने बताउनुभएकाे छ। सांसदहरूसँग भएको छलफलमा उक्त विषयलाई संसदीय समिति र संसदमा कसरी प्रभावकारी रूपमा उठाउने भन्ने बारेमा पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयाे ।

    सहमहामन्त्री साइलीले बैठकमा भोटेकोशी क्षेत्रमा दशैंकाे समय प्रभावित भएका नागरिकको अवस्थाकाे बारेमा पनि बैंठकमा छलफल भएको बताउनुभएकाे छ। प्रभावित नागरिकले बस्न, खान र बासको व्यवस्था पाउन नसकेको उल्लेख गर्दै उहाँले उनीहरूको वर्तमान अवस्था बुझ्नुपर्नेमा जाेड दिनुभयाे।

    उहाँले भन्नुभयाे,-‘दशैंको समयमा पनि धेरै आम नागरिकहरूको बिचल्ली हामीले त्यहाँ देख्यौं । बस्न नपाएको, खान नपाएको, साह्रै पीडामा रहेका नागरिकहरूको गास र बासको अवस्था के छ भन्ने बारेमा स्थानीय जनप्रतिनिधि र संघीय सांसदहरूलाई बोलाएर छलफल गर्ने र आवश्यक पर्ने सहयोग पार्टीले गर्ने विषयमा कुरा भएको छ ।’ 

    Post Views: 20
    प्रकाशित मिति: २०८३ कार्तिक २०, शुक्रबार ६:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.