काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले सत्तारुढ दल राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएपछि यसप्रति लक्षित गर्दै सामाजिक सञ्जालबाट जवाफ दिनुभएको छ ।
प्रधानमन्त्री शाहले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने टिप्पणी गर्नुभएको हो । यसअघि बिहीबार दिउँसो चितवनमा पत्रकारसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले प्रहरी महानिरीक्षक परिवर्तन गर्नुको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै रहेको बताउनुभएको थियो ।

रास्वपाका अरु नेताहरुले पनि प्रहरी महानिरीक्षक हटाउने विषयमा सरकारले पार्टीसँग छलफल नगरेको भन्दै प्रश्न उठाउँदै आएका छन् । त्यसपछि प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकार देश जोगाउनतर्फ लागेको आशयसहितको टिप्पणी गर्नुभएको हो । रास्वपा बाहेकका दलमा भने कार्यकर्ता लड्ने र नेता हाँसेर बस्ने परिपाटी रहेको प्रधानमन्त्री शाहको टिप्पणी छ ।







