काठमाडाैं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार २ वटा खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा पहिलो खेल हाल कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच कडा प्रतिस्पर्धा जारी रहेकाे हाे। खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छन् । दुवै टोलीले समान चार अंक जोडे पनि कर्णाली रनरेटका आधारमा अगाडि रहेकाे हाे ।

चार अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको कर्णालीले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । छैठाैं स्थानमा रहेको सुदूरपश्चिमले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको हाे । टोली रनरेटका आधारमा पछाडि पर्दा छैठाैं स्थानमा छ ।
साथै शुक्रबारै साँझ ५ बजेदेखि चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुने भएकाे हाे । खेलमा पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा हुने भएकाे छ । अहिलेसम्म तीन खेल खेलेको पोखराले खाता खोल्न नसकेको हाे । टोली अंकविहीन बन्दै तालिकाको पुछारमा रहेकाे छ ।
चितवन भने दोस्रो जितको खोजीमा हुने भएकाे हाे। तीन अंकका साथ तालिकाको सातौं स्थानमा रहेको चितवनले समान एक जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
एनपीएलमा बिहीबार काठमाडाैंले विराटनगरलाई पराजित गर्दा लुम्बिनीले जनकपुरलाई पराजित गरेकाे छ।






