काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेकाे छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार साँझ सम्पन्न भएकाे खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले पराजित गरेकाे हाे। याे जितसँगै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितका लागि पाएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो ।

जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिएका छन्। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनायो ।
जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाएका छन्। कर्णालीका मार्क वाटले २ विकेट लिए। शुक्रबारको जितसंगै सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ। कर्णाली भने चौथोमा झरेको हाे।






