काठमाडौं । राजधानीमा जारी तेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार एकमात्र खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ ५ बजेदेखि हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुने भएकाे हाे । लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रिंदैछ।

चार खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा रहेको लुम्बिनी शनिबारको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेकाे हाे। काठमाडौं पनि शनिबारको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।
प्रतियोगितामा ८ टोलीकाे सहभागिता रहेकाे हाे।






