• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

तिहारमा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने प्राधिकरणकाे प्रक्षेपण

  •  प्रेस बोली
  • २०८३ कार्तिक २१, शनिबार ९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम माग भन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ।

    प्राधिकरणले लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७ सय मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५ सय मेगावाट हुने अनुमान गरेकाे जनाएकाे हाे । माग भन्दा उत्पादन करीब ८ सय मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभएकाे छ। आन्तरिक उत्पादनले नै तिहारको माग धान्न पर्याप्त हुने उहाँले बताउनुभयाे

    तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति नियमित र गुणस्तरीय बनाउन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको हाे । पर्व अवधिको विद्युत् आपूर्ति व्यवस्थापनबारे कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकमा विद्युत प्रणाली सञ्चालन, आपूर्ति व्यवस्थापन र सम्भावित प्राविधिक चुनौती समाधानका विषयमा छलफल भएको छ।

    त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी आपूर्ति व्यवस्थापन तथा आवश्यक जनशक्ति परिचालनकाे बारेमा समन्वय गरिएको प्राधिकरणले जनाएको हाे ।

    कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिमा विद्युत आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालयलाई आवश्यक तयारी पूरा गर्न निर्देशन दिनुभएकाे छ । प्रसारण लाइन तथा वितरण प्रणालीमा बाँकी रहेका निरीक्षण र मर्मतसम्भारका काम तत्काल सम्पन्न गर्न पनि उहाँले निर्देशन दिनुभयाे। विद्युत आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोली तयारी अवस्थामा राखिनेछ ।

    त्यस्तै, विद्युत सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभएकाे छ। पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग तथा वितरण केन्द्रबीच निरन्तर समन्वय तथा अनुगमन गरिने प्राधिकरणले जनाएको हाे।

    यसैबीच, प्राधिकरणले तिहार तथा छठका अवसरमा विद्युतीय उपकरण र तार सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत चुहावट वा तारमा समस्या देखिए आफैं मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको हाे । विद्युत आपूर्तिसम्बन्धी समस्या आए नजिकको वितरण केन्द्र वा नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

    Post Views: 14
    प्रकाशित मिति: २०८३ कार्तिक २१, शनिबार ९:२८
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.