• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

  •  प्रेस बोली
  • २०८३ कार्तिक २४, मंगलवार १३:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    डडेल्धुरा । जिल्लाका युवाहरू पछिल्लो समय परम्परागत खेती प्रणालीलाई छाडेर व्यावसायिक पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन्। कम लगानीमा राम्रो आम्दानी हुन थालेपछि कृषि अध्ययन गरेका शिक्षित युवाहरूसमेत आफ्नै गाउँठाउँमा स्वरोजगार बन्दै पुष्प व्यवसायमा जोडिँदै गएका हुन्।

    अजयमेरु गाउँपालिका–५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका हुन्। कृषि प्राविधिक शिक्षा अध्ययन गरेका पाठकले परम्परागत खेतीभन्दा फरक केही गर्ने सोचका साथ यो व्यवसाय थालेका थिए। सुरुका दिनमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपर्ने बाध्यता रहे पनि अहिले उनको मेहनतले रूप फेरेको छ र घरमै फूल खरिद गर्ने ग्राहक आउने गरेका छन्। उनले स्थानीय जातका सयपत्रीका साथै ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रबाट टनेल र गाउँपालिकाबाट थोपा सिँचाइको सहयोग पाएका पाठकले दसैँ, तिहार र छठका बेला डडेल्धुराका साथै कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आएका छन्। उनले एक सिजनमै रु. १ लाखसम्म आम्दानी गर्ने गरेका छन्।

    त्यस्तै, अमरगढी नगरपालिका–१ डोलाका सुरत ऐर पनि पाँच वर्षदेखि पुष्प व्यवसायमा सक्रिय छन्। कृषि विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका उनले करिब डेढ रोपनी जमिनमा सयपत्री फूलखेती गरेका छन्। वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेका ऐरको परिवारका लागि अहिले यो आम्दानीको मुख्य स्रोत बनेको छ। उनी स्थानीय उत्पादनको प्रयोग बढाउन सबैले जोड दिनुपर्ने बताउँछन्।

    यसैगरी, पर्शुराम नगरपालिका–४ कटालका चक्रसिंह मालले पनि चार वर्षअघि तीन रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गरेका हुन्। उनले मुख्यगरी ‘कर्मा ५५५’ जातको फूल उत्पादन गरी दसैँ, तिहार र छठ पर्वको समयमा डडेल्धुरादेखि धनगढीसम्म बिक्री गर्दै आएका छन्।

    कृषकहरूका अनुसार बजारमा उत्पादित फूलको माला प्रतिगोटा रु. १०० देखि रु. २०० सम्म र खुद्रा फूल प्रतिकेजी रु. ४०० देखि रु. ५०० सम्म बिक्री हुने गरेको छ। व्यवसायतर्फ आकर्षण बढे पनि किसानहरूले केही कठिनाइ भोग्नुपरेको बताएका छन्। बजारमा सहजै भित्रिने प्लास्टिकका कृत्रिम मालाका कारण स्थानीय प्राकृतिक फूलको बिक्री प्रभावित हुने गरेको उनीहरूको गुनासो छ। साथै, गुणस्तरीय बीउ, सिँचाइ सुविधा र बजार व्यवस्थापनमा अझै केही समस्या रहेको र स्थानीय सरकारबाट पर्याप्त प्राथमिकता पाउन नसकेको कृषकहरूको भनाइ छ। कृषि ज्ञान केन्द्र डडेल्धुराले भने किसानहरूलाई बीउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र आवश्यक प्राविधिक सहयोग निरन्तर दिन सके पुष्प व्यवसायबाट युवाहरूलाई गाउँमै स्वरोजगार र राम्रो आम्दानीको अवसर सिर्जना गर्न सकिनेछ।

    Post Views: 16
    प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलवार १३:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.