• मुख्य समाचार
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कञ्चनपुर
    • डडेल्धुरा
    • डाेटी
    • बैतडी
    • दार्चुला
    • अछाम
    • बझाङ
    • बाजुरा
  • राजनीति
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • जीवनशैली
  • अन्तर्राष्ट्रिय
×
☰
    • मुख्य समाचार
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कञ्चनपुर
      • डडेल्धुरा
      • डाेटी
      • बैतडी
      • दार्चुला
      • अछाम
      • बझाङ
      • बाजुरा
    • राजनीति
    • अर्थतन्त्र
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • जीवनशैली
    • अन्तर्राष्ट्रिय

ट्रेण्डिङ :

    अमेरिकी डलर विनिमय दर बूढीगण्डकी बाढी शानदार जित आईसीसी विश्वकप आशीर्वाद लिने क्रम जारी प्रहरी परिचालन गगन थापा सुनचाँदीको मूल्य विदेशी मुद्रा सडक अवरूद्ध

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

  •  प्रेस बोली
  • २०८३ कार्तिक २६, बिहीबार ११:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रसुवा– धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति गरेपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो ।

    गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको बताए । उनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा अन्य साना व्यवसायीलाई राहत पुग्न थालेको छ ।

    ‘बाढीपछि केही समय पर्यटकीय गतिविधि ठप्पजस्तै भएको थियो । अहिले बाटोघाटो सहज बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्,’ अध्यक्ष तामाङले भने । गाउँपालिकाले पदमार्गको मर्मतसम्भार तथा पर्यटकको सुरक्षा र सहजताका लागि आवश्यक समन्वय गरिरहेको उनले जानकारी दिए ।

    लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बाढीपछि अवरुद्ध भएको आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको बताए । निकुञ्जले यस क्षेत्रको प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

    नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएपछि गोसाइँकुण्ड आउने तीर्थयात्री र पदयात्रीको सङ्ख्या बढ्न थालेको बताए । बाढीले बाटोघाटोमा क्षति गरेपछि केही समय पर्यटकीय गतिविधि प्रभावित भएको उनको भनाइ छ ।

    स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय गोसाइँकुण्ड पुग्ने आन्तरिक पर्यटक र युवापुस्ताको सङ्ख्या बढ्दै गएको छ । पहिले जनैपूर्णिमा र गङ्गादशहराको अवसरमा मात्र तीर्थयात्रीको बढी चहलपहल हुने गरेकामा अहिले वर्षभरिजसो पदयात्री र घुमफिरका लागि आउने पर्यटक देखिन थालेका उनले बताए ।

    पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकासमा ध्यान दिन सके यस क्षेत्रको पर्यटनले स्थानीयको जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने व्यवसायी घलेको भनाइ छ ।

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्दछ । करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर रहेको छ । कुण्डमा करिब १४ लाख ७२ हजार घनमिटर पानी रहेको बताइन्छ ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्डको धार्मिक महत्त्व प्राचीनकालदेखि रहँदै आएको छ । हिन्दू धर्मग्रन्थअनुसार समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि डाहा शान्त पार्न भगवान् शिवले त्रिशूल प्रहार गरी पहरा खोपेर पानी निकालेको र त्यही पानीबाट कुण्ड बनेको जनविश्वास छ । त्रिशूल प्रहारबाट पानी निस्किएको विश्वासका आधारमा यस क्षेत्रलाई त्रिशूलधारासँग पनि जोडेर हेर्ने गरिन्छ ।

    स्थानीय समुदायमा गोसाइँकुण्डलाई विभिन्न नामले चिनिन्छ । तामाङ समुदायले ‘ग्यो’ वा ‘छोकर’, शेर्पा समुदायले ‘घ्यो’, तिब्बती समुदायले ‘छो’ र नेवार समुदायले ‘शिलु’ भन्ने गरेका छन् ।

    गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायत अन्य कुण्ड रहेका छन् । यस क्षेत्रको ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृति पनि पर्यटकका लागि आकर्षणका विषय हुन् ।

    गोसाइँकुण्ड क्षेत्रको पारिस्थितिकीय महत्त्वलाई ध्यानमा राख्दै २०६४ साल असोज ५ गते (सन् २००७ सेप्टेम्बर २३) रामसार सूचीमा सूचीकृत गरिएको हो । यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तु तथा लालीगुराँस, सुनाखरी र अन्य हिमाली वनस्पति पाइन्छन् ।

    गोसाइँकुण्ड नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस क्षेत्रले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई समेत जोडेको छ। विशेषगरी जेठ–असारमा पर्ने गङ्गादशहरा र साउन–भदौमा पर्ने जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने गरेको रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले बताए ।

    Post Views: 15
    प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार ११:३६
    Advertisement
    संबन्धित शिर्षकहरु
    बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
    कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए
    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    Advertisement
    ताजा अपडेट
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    • २. कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

    • ३. एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    • ४. संघर्षको बाटो हुँदै सांगीतिक उचाइमा निरुता खत्री : भुवन दाहालसँग ‘का हालु मायाको मुद्दा’ सार्वजनिक

    • ५. कारागारमुक्त भए टाेपबहादुर, माला लगाएर घरमा स्वागत

    चर्चित
    • १. बाजुरामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Phone : 9868045666/9743574666
    Gmail : pressboli12@gmail.com

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : महेश कार्की
    सम्पादक : कबिता कार्की
    मार्केटिङ म्यानेजर :
    संवाददाता / रिपोर्टर :
    कानुनी सल्लाहकार :

    सामाजिक संजाल

    © 2026 Press Boli . All Rights Reserved.