काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जनाएकाे छ ।
निगमले बिहीबार इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी अहिलेकै मूल्यलाई यथावत् राख्ने निर्णय भएको जानकारी दिएकाे हो । हाल काठमाडाैं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ पर्छ ।

त्यस्तै, सुर्खेत, दाङ क्षेत्रमा प्रतिलिटर १ सय ९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा तोकिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत राखिएको छ ।






