काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबार तोलामा ८ सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार प्रतितोला २ हजार एक सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला २ लाख ९४ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीआइतबार प्रतितोला चार हजार चार सय ४० रूपैयाँमा कारोबार भएको थियाे। तर साेमबार चाँदी तोलामा चार हजार चार सय १५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला २५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस ४ हजार एक सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।






